कोशी प्रदेश । विराटनगरमा दिनदहाडै एक युवकमाथि तरबार प्रहार भएको छ । विराटनगर – १० सन्सारीमाइस्थान नजिकै विराटनगर–८ बस्ने २२ वर्षीय मोहमद हलिम माथि तरबार प्रहार भएको छ ।
तरबार प्रहारबाट हलिमको दुवै हातमा गहिरो चोट लागेको छ । घाइते भएका हलिमलाइ उपचारका लागि सुरुमा न्यूरो अस्पताल भर्ना गरिएको थियो । अहिले थप उपचारका लागि उनलाई नोबेल शिक्षण अस्पताल लगिएको छ ।
हलिममाथि विराटनगर–८ का अन्दाजी ३० वर्षीय समीर हुसेनलगायतका तीन जनाले तरबार हानेको प्रहरीले बताएको छ । यता दिनदहाडै व्यस्थ सडकमा तरबार प्रहार भएपछि नागरिक त्रसित बनेका छन् ।
घटनामा संलग्नहरु फरार रहेका कारण खोजी तीव्र पारिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी निरीक्षक एवं सहायक सूचना अधिकारी पपु नायकले बताए । घटनामा प्रयोग गरिएको तरबार प्रहरीले बरामद गरेको छ ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |