राजबिराज । बाढी प्रभाबित क्षेत्र तिलाठीकोईलाडी गाउपालिका वडा ७ स्थित मन्सापुरमा धान माथिको बेमौसमी खेतीको सुरूवात गरेको छ ।
सेभद सप्तरी र सेभद चिल्ड्रेनको संयुक्त साझेदारीमा समु्न्नती कार्यक्रम- जिविकोपार्जन अन्तर्गत कमलेश्वरी कृषक समुह मार्फत दोहोरो फाईदाका लागी दुईवालीको खेतीको परिक्षणको रूपमा सुरूवात गरेका छन ।
बाढी प्रभाबित क्षेत्र भएकोले प्रत्येक बर्ष बाढीवाट धानको क्षति हुने गरेकोले धान खेतमा बास माथि बकेटमा बेमौसमी तरकारी खेतीको प्रारम्भव गरी दोहोरो फाईदाँ सँगै उत्पादनले किसान लाभान्वित हुने सेभद सप्तरीका कार्यक्रम संयोजक सन्तोष यादबले जानकारी दिए ।
पानी र बाढीवाट क्षति नहुने गरी खेतमा तल धान र माथि तरकारी खेतीले आम किसानलाई बढीमा क्षति भएपनि आउने दिनमा आयआर्जनमा बृद्वि र आम्दानी बढाउन सकिने प्रबिधि मैत्री खेती रहेकोले किसान आक्रसित सँगै फाईदामुलक हुने बताए ।
किसानहरूको जिवनको उधान र क्षमता सँगै प्राबिधिक सहयोगमा तरकारी वाली लगाउदाँ खेतीवाट दोहोरो फाईदा र किसानको उत्सुकताले राम्रो फलदायी हुने बताए।
सप्तरी जिल्लामा तरकारीको अभाव र अर्को जिल्लावाट निर्यात भईरहेको अबस्थामा यो बिधिमुलक बेमौसमी खेतीले पुर्ति गर्ने बिश्वास लिएको सेभद सप्तरीका कृषि प्राबिधिक रामकुमार साहले बताए ।
बाढीको समयमा धानवालीको बढी नोक्सानी भएकोले यो धान माथिको बकेट खेतीले भबिश्वयमा बढी आम्दानी हुने विधि रहेको कमलेश्वरी कृषक समुहका सललाहाकार अरूण साहले बताए ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |