राजविराज । एमबिबिएस अध्ययनरत सप्तरी राजविराज -७ घर भएका नसिम अख्तरलाई सीआइबी टोलीले नक्कली शैक्षिक प्रमाणपत्र बनाएको आरोपमा पक्राउ गरेको छ ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले चितवन मेडिकल कलेजमा एमबीबीएस अन्तिम सेमेष्टरमा अध्ययनरत उनलाई बिहीबार राति पक्राउ गरेको हो ।
आईएससी पास भएको सर्टिफिकेट नक्कली बनाएको आरोप लागेका उनलाई थप अनुसन्धानका लागि काठमाडौं लगिने प्रहरीको भनाई छ ।
एमबीबीएस अध्ययनका लागि उनले काठमाडौंको सेन्ट जेभियर्स कलेजबाट आईएससी पास भएको सर्टिफिकेट पेश गरेको सिआइबीको भनाई छ ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |