राजविराज । सप्तरीको सुरुगां नगरपालिको ५ करोड भन्दा बढी खर्च गर्न सकेन ।संघिय र प्रदेश सरकारले अनुदान दिएको रकम मध्ये ५ करोड भन्दा बढी खर्च गर्न नसक्दाँ फिर्ता पठाएको हो ।
महालेखा परिक्षक प्रतिवेदन २०७९ अनुसार नगरपालिकालाई संघिय र प्रदेश सरकारले अनुदान दिएको रकम मध्ये खर्च गर्न नसकेर ५ करोड ३६ लाख ७३ हजार २ सय १८ रुपैया फिर्ता गरेको ठहर गरेका छन् ।
नगरपालिकाले संघिय एवं प्रदेश सरकारको कानुन र कार्यविधि बमोजिम स्थानिय पठाएको रकम मध्ये खर्च गर्न नसकि फिर्ता पठाएको महालेखा प्रतिवेदनमा उल्लेख गरेका छन् ।
सुरुगां नगरपालिकालाई संघिय सरकारबाट अनुदानबाट २९ करोड ५७ लाख ७३ हजार मध्ये नगरपालिकाले ४ करोड ४१ लाख ५९ हजार२ सय ३७ रुपैया फिर्ता गरेको महालेखा प्रतिवेदनमा उललेख गरेका छन् । त्यस्ते प्रदेश सरकारले पठाएको सर्शत अनुदान,विषेश अनुदान र समपुरक अनुदान मध्ये नगरपालिकाले खर्च गर्न नसकि ९५ लाख १३ हजार ९ सय ८१ रुपैया फिर्ता गरेको महालेखा प्रतिवेदनमा उल्लेख गरेका छन् ।
प्रदेश सरकारले नगरपालिकालाई पठाएको सशर्त अनदान रकम १ करोड २५ लाख मध्ये खर्च गरेको ६८ लाख ५६ हजार ७७ रुपैया र बाकी फिर्ता गर्नु पर्नै ५६लाख ४३ हजार ९ सय २३ मध्ये नगरपालिकाले १२ लाख ३३ हजार ६ सय ६४ मात्र पठाएको प्रतिवेदनमा रहेका छन् ।
यस्तै विषेश अनुदान तर्फ ३० लाख मध्ये नगरपालिकाले ११ लाख २९ हजार ९ सय ४२ रुपैया खर्च गरि १८ लाख ७ हजार ५७ रुपैया पठाउनु पर्नैमा १० लाख ६६ हजार ३ सय २१ मत्र पठाएको प्रतिवेदनमा रहेका छन् ।
यसैगरि प्रदेश सरकारले नगरपालिकालाई दिएको समपुरक अनुदान २० लाख मध्ये एक रुपैया समेत खर्च नगरि १५ लाख १ सय ८६ रुपैया मात्र फिर्ता पठाएको महालेखा परिक्षक प्रतिवेदन २०७९मा उल्लेख गरिएका छन् ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |