राजविराज, ७ भाद्र । सप्तरीमा केही दिन यता पत्रकारमाथि शृङ्खलाबद्ध ढंगले भएको दुर्व्यवहार तथा आक्रमणको घटना बारे बुझ्न नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिका पदाधिकारी बिहीवार सप्तरी आएका छ्न ।
प्रदेश अध्यक्ष राजेश कुमार कर्ण नेतृत्वको टोलीले नेपाल पत्रकार महासंघ सप्तरीका कार्यसमितिका पदाधिकारी तथा पत्रकारहरूलाई भेटेर पत्रकारमाथि भएको शृङ्खलाबद्ध घटना बारे जानकारी लिएका छ्न ।
नेपाल पत्रकार महासंघ सप्तरीका सचिव राम नारायण विश्वासले सप्तरीका पत्रकारहरू राज्यपक्षबाटै बढी असुरक्षित रहेको बताउँदै निर्वाध रुपमा समाचार संकलन गर्ने वातावरण नभएको भन्दै प्रदेश टोलीको ध्यानाकर्षण गराए ।
टोलीमा प्रदेश समितिका अध्यक्ष राजेश कुमार कर्ण, महासचिव श्याम बञ्जारा र कोषाध्यक्ष विश्वनाथ ठाकुर रहेका थिए ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |