राजबिराज, ८ भाद्र । राजबिराज-कंचनपुर सडक खण्डमा वर्षाका पानी घरमा जमेपछि स्थानीयवासी समस्या परेको छ ।
हुलाकी सडक बिस्तारको क्रममा नाला भत्काएपछि अहिले वर्षाको पानी घरघरमा पसेपछि स्थानियलाई आवतजावतमा कठिनाइ भोग्नपरेको छ ।
यता नगरपालिकाको अमानवीय व्यवहारले कञ्चनपुर रोडको दक्षिणी किनाराको बासीहरूको “रहनेकाे घर नहिँ,”नालाकाे पानी ,सडककाे पानी घर घरमा, बसेको स्थानीय शुभचन्द्र झाले गुनासो गरे ।
बर्षोको समयमा सडक अतिक्रमण हटाउने नाममा कञ्चनपुर रोडको दक्षिण १२ वटा घरलाई घरबारविहीन बनाएकोमा निमित्त मेयर, निमित्त प्रमुख प्रशासकीय अधिकृतले दुख दिएको आरोप लगाए ।
यता नगरपालिकाले पानी निकासका लागि प्रयास गरिरहेको वडा अध्यक्ष अनिल दासले बताए ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |