राजविराज । सप्तरीको विष्णुपुर गाउँपालिकाका अध्यक्ष उमेश कुमार यादवलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ । उनलाई भदौ ६ गते बुधबार साँझ नियन्त्रणमा लिएको हो ।
गत साउन ३१ गते सोलार सम्बन्धी एक योजनामा घुसको रुपमा २ लाख नगद र ३ लाखको चेक लिँदै गर्दा विष्णुपुर गाउँपालिकाका लेखापाल टेकनारायण यादव र कम्प्युटर अपरेटर वीरेन्द्र यादवलाई आयोगको टोलीले राजविराजस्थित गजेन्द्र चौकबाट नियन्त्रणमा लिएको थियो । सोही प्रकरणमा सोधपुछ र बयानका लागि पालिका अध्यक्ष यादवलाई नियन्त्रणमा लिइएको प्रवक्ता दाहालले बताए ।
अख्तियारले नियन्त्रणमा लिएपछि अध्यक्ष यादव बिरामी परेका छन र उनलाई राजधानीकै अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ । विष्णुपुर गाउँपालिका अध्यक्ष उमेश कुमार यादव अख्तियारको कारबाहीमा पर्ने सप्तरीका तेश्रो पालिका प्रमुख हुन् ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |