राजविराज, ०९ भाद्र । चार देश सम्मिलित महिला टी–२० सिरिजको उपाधि नेपालले जितेको छ । आज शनिबार भएको फाइनल खेलमा नेपालले डकवर्थ लुइस नियमका आधारमा हङकङलाई १३ रनले हराउँदै उपाधि हात पारेको हो ।
मलेसियाको राजधानी क्वालालम्पुरस्थित वायुमास ओभल क्रिकेट मैदानमा नेपालले टस जितेर बलिङ गर्ने निर्णय गरेको थियो । मलेसियाले नेपालविरुद्ध ब्याटिङ गर्दै निर्धारित २० ओरमा ६ विकेट गुमाउँदै एक सय एक रन बनायो ।
एक सय दुई रनको विजयी लक्ष्यका साथ मैदानमा उत्रिएको नेपालले पाँच दशमलव तीन ओभर खेल्दा वर्षा भएपछि खेल रोकियो । त्यतिबेला नेपालले एक विकेटको क्षतिमा ३७ रन बनाएको थियो । इन्दु बर्मा १९ तथा सीता राना मगर १३ रनका साथ खेल्दै थिइन् ।
वर्षा अत्यधिक भएपछि खेल पुनः शुरु हुन नसकेपछि नेपाललाई डकवर्थ लुइस नियमका आधारमा विजयी घोषित गरिएको हो । सिरिजमा नेपालसहित घरेलु टोली मलेसिया, कुवेत र हङकङको सहभागिता रहेको थियो।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |