राजबिराज, १३ भाद्र । हिन्दु सम्राट नेपाल सप्तरीले धरानमा गौं हत्या गरी भोजभतेर गरेर गौं मांस खाने घटनाका नाइकेहरूलाई अविलम्ब कानुनी कठघरामा ल्याई कानुन बमोजिम कारवाहीको माँग गरेको छ ।
बुधवार हिन्दु सम्राट शाखा सप्तरी राजबिराजमा नगरपरिक्रमा गर्दै वैदिक सनातन हिन्दु धर्म र संस्कृति माथिको आक्रमण तत्कालन रोक्न माग गरेको छ ।
स्थानिय शिवमन्दिवाट निकालिएको रयालीमा गौ हत्यारालाई कार्यवाही गर, हिन्दु राष्ट्र कायम गर, नारा लगाउदै गौंमाता र गौं वंशको हत्या गर्नु, चोट पु¥याउनु संविधानः अपराध भएको उल्लेख गर्दै राज्यमा खुलेआम यस्ता अपराध हुँदा सरकार मौन बस्नु भनेको निरिह र लाचारीपन भएको एक सहभागीले बताए ।
ठाउँ ठाउँमा भएको गौं हत्या, गौं वंशको भक्षण गरी भोजन गरी सामाजिक संजालमा भिडियो सार्वजनिक गरी बहादुरी देखाउने कार्यप्रति कारवाहीको माग पनि गरेको छ ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |