राजविराज । सप्तरी क्षेत्र नम्बर ४ को (ख) बाट निर्वाचित मधेश प्रदेश सभा सदस्य अनिरुद्ध सिंह यादव कर्तव्य ज्यान मुद्दामा सप्तरी प्रहरीले पक्राउ गरेको छ ।
माओवादी नेता गोविन्द चौधरीको हत्या अभियोगमा सप्तरी क्षेत्र नम्बर ४ को (ख) बाट प्रदेश सभा सदस्य पदमा निर्वाचित यादव अदालतबाट दोषी ठहर भए पछि सप्तरी प्रहरीले सोमवार पक्राउ गरी अदालतमा उपस्थित गराइएको छ ।
यादवलाई सप्तरी जिल्ला अदालतले २०७१ चैत ११ गते अनिरुद्र सहितका व्यक्तिलाई ४ वर्ष कैदको फैसला गरेको थियो ।
गत प्रदेशसभा निर्वाचनमा सप्तरी क्षेत्र नम्बर ४ को (ख) बाट एमाले र जसपाका साझा उम्मेदवार जसपाका अभिषेक यादवलाई २ हजार ६५ मतान्तरले पछाडि पार्दै स्वतन्त्र उम्मेदवार यादव विजयी भएका थिए ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |