राजबिराज । आइसिसी एकदिवसीय विश्वकप २०२३ को आयोजक भारतले प्रतियोगिताका लागि राष्ट्रिय टिम घोषणा गरेको छ ।
रोहित शर्माकाे कप्तानीमा भारतीय क्रिकेट कन्ट्राेल बाेर्ड (बीसीसीआई) ले आज मङ्गलवार १५ सदस्यीय टिमकाे घाेषणा गरेकाे हाे ।
टिममा राेहितसँगै शुभमन गिल, विराट काेहली, श्रेयस अय्यर, ईशान किशन, केएल राहुल, हार्दिक पान्ड्या (उप–कप्तान), सूर्यकुमार यादव, रवीन्द्र जडेजा, अक्षर पटेल, शार्दुल ठाकुर, जसप्रित बुमराह, माेहम्मद शमी, माेहम्मद सिराज र कुलदीप यादव छन् ।
१३ औँ संस्करणकाे प्रतियाेगिता आउँदाे अक्टाेबर ५ देखि नाेभेम्बर १९ तारिखसम्म भारतमा हुँदैछ । भारत सन् १९८३ र २०११ मा गरी दुई पटककाे च्याम्पियन हाे ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |