राजबिराज । जनता शंकर माबि राजगढ- ३ नर्घोमा विद्यालय व्यवस्थापन समितिले विद्यालयमा आर्थिक अनियमितता गर्न आयव्यय सार्वजनिक नगरेको भन्दै अभिभावकहरूले विरोध जनाएको छ ।
जग्गा दाता तथा विद्यालय व्यवस्थापन समितिका पुर्व अध्यक्ष रामचन्द्र यादबको नेतृत्वमा विद्यालय व्यवस्थापन समितिका सदस्य तथा अभिभावक लगायतले बिरोध जनाउदै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बिरेन्द्र यादबको कार्यशैली प्रति विरोध जनाउदै नारावाजी गरेको छ ।
बिधालय ब्यबस्थापन समितिका अध्यक्ष बिरेन्द्र यादब लाई विद्यालयमै अभिभावकहरूले घेराबन्दी गर्दै विगत १० वर्षको आय व्यय सार्वजनिक गर्न, विद्यालयको चलअचल सम्पत्ति सार्वजनिक गर्नुपर्ने, दरबन्दी शिक्षक कट्टा गर्ने निर्णय रोक्नुपर्ने, निमित्त प्रअ रबिन्द्र साहलाई पदस्थापन गर्नुपर्ने, विद्यालयको खाता खोल्नु माँग गर्दै प्रदर्शन गर्दै विरोध गरेको छ ।
विद्यालयका पूर्व निमित्त प्राधानाध्यापक तथा नेपाल शिक्षक सँघ सप्तरीका अध्यक्ष समेत रहेका नारायण यादब (मा.शि.तृतिय) र व्यवस्थापन समितिका अध्यक्ष बिरेन्द्र यादबले विद्यालयमा गरेको भ्रष्टाचार लुकाउनैका लागि अदालतको आदेश अनुसार निमित प्रअ रबिन्द्र साहलाई बिधालयमा स्थापित हुन नदिई गैर कानुनी तरिकाले पुर्व प्रअ नारायण यादबलाई प्रअ बनाउने चलखेलमा लागेर विद्यालयको वातावरण अस्तव्यस्त बनाएको अभिभावकहरूले आरोप लगाएको छ ।
विरोध लगतै बिधालय व्यवस्थापन समितिका अध्यक्ष बिरेन्द्र यादबले निमित प्रअ रबिन्द्र साह९ मा।शि द्वितीय० लाई अबिर, माला लगाई पदस्थापन गराएको जग्गा दाता रामचन्द्र यादबले जानकारी दिए ।
पदस्थापन लगतै नि प्र अ रबिन्द्र साह लाई अभिभावकहरूले बिधालय को आयव्यय सार्वजनिक गर्न, खाता खोल्न, दरबन्दी कट्टा निर्णय रोक्नुपर्ने, ज्ञापनपत्र पत्र समेत बुझाएको कृष्णदेव यादबले जानकारी गराए ।
यता बिधालय व्यवस्थापन समितिका अध्यक्ष बिरेन्द्र यादबले दुई र तीन दिनमा आयव्यय सार्वजनिक गर्ने प्रतिबद्धता गरेका थिए ।
यता उच्च अदालत जनकपुर इजलास राजबिराजको आदेश अनुसार विद्यालयमा ०८० बैशाख २७ गते देखि निमित प्रअ रबिन्द्र कुमार साह (मा.शि.द्वितीय) ले जिम्मेवारी पाईएता पनि हाल सम्म विद्यालयको खाता समेत खोल्न व्यवस्थापन समितिले आलटाल गरेको कारण बिधालयको गतिविधि बढ्न नसकेको जग्गा दाता रामचन्द्र यादबले बताए ।
सो सम्बन्धमा राजगढ गाउँपालिकाका अध्यक्ष ओमप्रकाश मण्डललाई विद्यालयका जग्गा दाता, बिधालय व्यवस्थापन समिति सदस्य र अभिभावकहरूले १ सय ९५ जना द्वारा हस्ताक्षरित ध्यानाकर्षण पत्र बुझाएको छ ।
ज्ञापनपत्रमा बिधालय व्यवस्थापन समिति र केही शिक्षकहरू बिधालय शैक्षिक वातावरण बिगार्न लागेहुदाँ आवश्यक कार्यवाही समेतको माँग गरेका छन् ।
दरबन्दी अनुसार शिक्षक समेत कम रही थप शिक्षकको आवश्यक रहेको अवस्थामा दरबन्दी कट्टा गर्नु, बिधालय जस्तो शैक्षिक क्षेत्रमा विद्यालयमा आर्थिक अनियमितता गर्न आफ्नो अनुकुल निमित प्राधानाध्यापक बनाउन र अहिलेको निमित प्राधानाध्यापक रबिन्द्र साहलाई दरबन्दी समेत कट्टा गर्ने गरी अन्यत्र सार्ने षड्यन्त्रण गरिरहेकोले तत्काल रोक्नका लागि गाउपालिका अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाएको जग्गा दाता रामचन्द्र यादबले जानकारी गराए ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |