राजविराज । कृष्णा जन्माष्टमीको अवसरमा राजबिराज स्थित राधाकृष्ण मन्दिर बिहारपुरवाट रथ यात्रा निकालेका छन।
कृष्ण मन्दिर समिति तथा कृष्णा जन्माष्टमी रथयात्रा मुल समाराेह तथा युवा/ बिधार्थी अायाेजक समिति राजबिराजले दुई बजे रथ रात्रा निकालेकाे हाे।
उक्त रथ यात्रामा राजबिराज नगरपालिका काजा नगरप्रमुख ईसरत परिवण सहित १ हजाराैकाे संख्यामा राजबिराजकाे विभिन्न ठाउमा रथयात्रा रयाली निकालिएकाे छ।
ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भनिन्छ ।
यस दिन देशभरिका कृष्णमन्दिरहरुमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिला, पुरुष दुईटैले ‘व्रत’ बसी रातभर जाग्रण बस्ने प्रचलन छ ।
कृष्ण पुराणका अनुसार, भाद्र महिनाको कृष्ण अष्ठमीको दिन माता देवकीको आठौं सन्तानको रूपमा भगवान कृष्णको जन्म भएको थियो ।
कृष्णको जन्म मथुराको कंसको जेलमा भएको हो । माता देवकी राजा कंसकी बहिनी थिइन् । कंसलाई सत्ताको लोभ थियो ।
उनले आफ्ना पिता राजा उग्रसेनको सिंहासन कब्जा गरे, पितालाई कैद गरे र आफूलाई मथुराको राजा घोषित गरे । राजा कंस आफ्नी बहिनी देवकीको बिदा गरेको बेला आकाशवाणी भयो ।
देवकीको आठौं छोरा कंसको मृत्युको कारण हुने यो सुनेर कंस भयभीत भए । उनले तुरुन्तै आफ्नी बहिनी र उनका पति वासुदेवलाई कारागार भित्र थुन्न लगाए । तिनीहरूको वरिपरि सिपाहीहरूको पहरा राखिएको थियो । कंसले आफ्नो मृत्युको डरले देवकी र वासुदेवका ७ सन्तानलाई मारेका थिए ।
भाद्र महिनाको कृष्णअष्ठमी तिथिको दिन रोहिणी नक्षत्रको मध्य रातमा देवकीको आठौं सन्तानको रूपमा भगवान श्रीकृष्णको जन्म भएको थियो । श्रीकृष्णको जन्म हुनेबित्तिकै कोठामा चारैतिरबाट उज्यालो भयो ।
फेरी कारागार भित्र आकाशवाणी भयो, भगवान विष्णुजीको रुपमा देवकीको गर्भबाट जन्मीएका भगवान श्रीकृष्ण हो, उनलाई गोकुलमा बाबा नन्दलाई छोडेर उनको घरमा एक बालिकाको जन्म भएको छ, उनलाई मथुरा लगेर आउँदा हुन्छ ।
आकाशवाणीले वासुदेवको हातको हथकडी खोलियो । सबै गार्ड सुत्न थाले । वासुदेवले बालक गोपाललाई टोकरीमा राखेर टाउकोमा लिएर गोकुल तर्फ लागे । भगवान श्रीकृष्णलाई गोकुलधाममा लिएर जाँदा वासुदेवलाई धेरै समस्याको सामना गर्नु परेको थियो । यमुना नदीले कृष्णको चरण स्पर्श गर्न खोलाभन्दा माथीसम्म बाढी आयो ।
तर कृष्णको चरण छोएपछि उनी तुरन्त शान्त भईन । बर्षापनि यति नै भईरहेको टोपरीमा रहेको भगवान श्रीकृष्णलाई शैशानागले आफना फेंनलाई जोगाएका थिए ।
वासुदेवले नन्दको घर भगवान श्रीकृष्णलाई छोडेर उनका छोरी लिएर गोकुलबाट फर्किए । त्यस पश्चात जेल स्वतः बन्द भयो र हातमा हथकडी पुनः लाग्यो । छोरी रोएको सुन्न बित्तिकै सबै सिपाहीहरु उठे ।
राजा कंसलाई जानकारी गराए वासुदेवका आठौं सन्तानको जन्म भयो भनेर, कंस यो समाचार सुन्न वित्तिकै उनी तुरन्त कारागार मित्र प्रवेश गरे, देवकी र वासुदेवका आठौं सन्तानकी रुपमा छोरी हुन् भनी उनलाई मार्न गए । तर उनी आकाशमा उडिन् र पुनः आकाशवाणी भयो । यो संसारमा कंसलाई मार्ने व्यक्ति जन्म लिईसकेको छ ।
ु
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |