राजबिराज, २४ भाद्र । सप्तरीको छिन्नमस्ता गाउँपालिकामा अवस्थित छिन्नमस्ता भगवती मन्दिर परिसरमा रहेको पसलहरू बाट अन्दाजी एक सय किलो विषादीयुक्त मिठाई नष्ट गरेको छ ।
छिन्नमस्ता मन्दिर समितिले मन्दिर परिसर भित्रै करिब ७० किलो लड्डु र २५ किलो पेडा मिठाई नियन्त्रणमा लिई आइतबार नष्ट गरेका हुन ।
यस्ता मिठाई पारी भारतको बिहार बाट आयात हुने गरेको छ, जुन मानवीय स्वास्थ्यका लागी हानिकारक रहेको जनगुनासो बढेपछि मन्दिर समितिले अनुगमन गरि नष्ट गरेका हुन ।
यस सन्दर्भमा मन्दिरका पिठाधीश महाकान्त ठाकुरले भनुँ हुन्छ, यो अनुगमन गर्ने कार्य मन्दिर समितिको नभए पनि स्थानीय तह र जिल्ला प्रशासन कार्यालय सप्तरीले चासो नलिदा समितिले बाध्य भएर अनुगमन गरेको पिठाधीश ठाकुरको भनाइ छ ।
नजिकिँदै गरेको बडा दशैँको अगाडि छिन्नमस्ता मन्दिर परिसर र सखडा बजारको अनुगमन गरी मदिरा पसलहरू समेत बन्द गराउन सम्बन्धित निकायलाई समितिले आग्रह गरेका छन् ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |