सप्तरी । जनता शंकर मावि नर्घोमा बिधार्थीहरूले एसईइको सर्टिफिकेट विद्यालयले नदिएपछि उनीहरूले तालाबन्दी गरेका छन ।
गत बर्ष ०७९ ब्याचका एसईइ उत्रिर्ण विद्यार्थीहरूले पटक पटक सर्टिफिकेट लिन जादा विद्यालयले आलटाल गरेपछि तालाबन्दी गरेको हो ।
बिधालयका तत्कालिन निमित प्राधानाध्यपक नारायण यादबले प्रत्येक बिधार्थीहरू वाट सर्टिफिकेटको लागी २ सय ५० रूपैया शुल्क समेत उठाएको र अहिले सम्म एसईइको प्रमाणपत्र नपाएको एसईइ उतिर्ण बिधार्थी पवन साहले दुखेसो पोखे ।
बिधालयका जग्गा दाता तथा ब्यबस्थापन समितिका पुर्व अध्यक्ष रामचन्द्र यादबले उच्च शिक्षा अध्ययनका लागि एसईइ प्रमाणपत्र अनिवार्य भएकोले बिधार्थीको भबिश्य सँग खेलवाड नगर्न बिधालय प्रशासन सँग आग्रह गर्छु, भने चाडौ भन्दा चाडौ बिधार्थीहरूको सर्टिफिकेटको जिम्मेवारी लिने तत्कालिन निमित प्रअ नारायण यादब र ब्यबस्थापन समितिका अध्यक्ष बिरेन्द्र यादबले उपलब्ध गराउनुपर्ने भनेको छ ।
यता हालै नियुक्त भएका निमित प्राधानाध्यापक रबिन्द्र साहले तत्कालिन निमित प्रअ नारायण यादबले हाल सम्म बरबुझारद नगरेकोले बिधालय संचालन र ब्यबस्थापनमा पटकपटक समस्या आउने गरेको निमिति प्रअ रबिन्द्र साहले जानकारी दिए ।
यता बिधालयको खाता संचालनमा नआएकोले ईसईइको मार्कसिट, प्रोभिजनल लगायका सर्टिफिकेट बापत लागने दस्तुतर बिधालयले तिर्न नसकेर समस्या आएको हो ।
समस्या समाधान गर्न बिधालय ब्यबस्थापन समितिले खाता संचालनको लागि निर्णय गर्नुपर्ने भएता पनि समितिले निर्णय गर्न आलटाल गरेकोले बिधार्थीहरूले समयमा परेका छन ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |