राजबिराज, २९ भाद्र । भुमी सुधार तथा मालपोत कार्यालय राजबिराजमा पैसा नदिएपछि सेवाग्राहीको काम अगाडि बढदैन, मालपोत कार्यालयमा आउने सेवाग्राहीले मोठ, रजिष्ट्रेशन सहित प्रत्येक फाँटमा घुस (पैसा) नदिएपछि लेखत नै पास हुदैन ।
कार्यालयको हाकिम र कर्मचारीहरूको मिलमतोमा लेखापढीलाई मजबुर बनाई सेवाग्रहीवाट ५ सय देखि १० हजार सम्म पैसा असुली (घुस) लिएर काम गर्ने गरेको लेखापढी व्यवसाय युनियनका अध्यक्ष श्रीलाल यादबले आरोप लगाएको छ ।
उनले भने यहाँ पैसा बिना एउटा पनि काम अगाडि बढदैन, मालपोत भूमिसुधारले किताँकाट गर्न र सदर गराउन भनिएपनि घुस नलिई हाकिमले मान्दैन, सदर गर्न आग्रह गर्दा पनि उल्टै जिल्ला प्रहरीमा लेखापढी ब्यवसायकर्मिलाई अभद्र व्यवहारको मुद्दा चलाएको गुनासो गरे ।
लेखापढी अध्यक्ष श्रीलाल यादबले कार्यालय भित्र लेखापढीले पेश गरेको लेखतको काम अगाडि नबढेको भन्दै अध्यक्षको हैसियतले फाँटमै गएर हेर्ने नियम बनेको अवस्थामा कार्यालय प्रमुखले कसैलाई भित्र आउने अनुमति नभएको बताए, र भित्र आफनो अनुकुल प्रति फायल रकम असुली गर्नका लागि बाहिरका मानिसहरू बोलाएर रकम लिने गरेको बताउँछन् ।
जनताको सेवालाई सहज र सुलभ बनाई छिटोछरितो सेवा दिनुपर्नेमा एउटा रजिष्ट्रेशन पास गर्न १५ दिन सम्म लाग्ने गरेको छ भने एक हप्तामा लालपुर्जा पाउनुपर्नेमा फाँटवालाले पुर्जा प्रमाणित गर्न महिनो लगाएको लेखापढी ब्यवसाय युनियनका सचिव बद्री नारायण यादबले बताए ।
उनले भने एक जना सेवाग्राही सँग लेखापढी व्यवसाय युनियनको निर्णय अनुसार सुरू देखि लालपुर्जा सम्मको बितरण सम्मको कार्यको लागि ३ हजार लिने गरेको छ ।
लेखापढी व्यवसाय सुरेश प्रसाद यादबका अनुसार लेखापढीको लिखत दर्ता किन नभएको भन्दै कार्यालय भित्र जाँदा गेटमा प्रवेष गर्न दिइँदैन, उनले भने हाकिम र कर्मचारीहरूको मिलोमतोमा एकजना जामुन भन्नेलाई दर्ता गर्न र एक जना गार्डलाई पैसा असुली गर्न गेटमा राख्ने गरेको छ, उनीहरूवाट पैसा नदिनेलाई भित्र प्रवेश गर्न नदिने रोक लगाएको बताए ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |