विराटनगर । कोशी प्रदेशको राजधानी विराटनगर स्थित कोशी अस्पतालको शौचालयमा एक नवजात शिशु मृत फेला परेको छ ।
अस्पतालको मेडिकल वार्डको शौचालयमा शनिबार बिहान नवजात शिशु मृत फेला परेको हो । अविवाहित युवतीबाट जन्मेको शिशु शौचालयमा फालिएको हुनसक्ने आशंका गरिएको छ ।
घटनाको विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |