राजविराज । मिटर व्याज संघर्ष समितिका सचिव छेदीलाल पासवानले लाखौं ठगी गरेको एक मिटर व्याजी पीडितले आरोप लगाएका छन् ।
सप्तरीको खडक नगरपालिका ७ का ५५ बर्षिय उसमान मियाँले राजविराजमा मंगलबार पत्रकार सम्मेलन आयोजना गर्दै पासवानले आफुसंग लाखौं ठगी गरेको आरोप लगाएका हुन् ।
पासवानले २०७४ सालमा आफुसंग ३१ लाख लिएर नदिँदा आफ्नो जग्गा गुम्ने अबस्थामा पुगेको उनले पत्रकार सम्मेलनमा बताए ।
२०७४ सालको कुरो हो,साझेदारीमा इँटा उधोग संचालन गर्न ६० लाख दुबैजनाले जम्मा गर्ने सहमति भयो, उसमानले भने, मैले १२ कठ्ठा जग्गा दृष्टिबन्धक राखी ऋण लिएर २७ लाख जम्मा गरिदिएँ , पुनः ॠण काढेर ५ लाख पैसा थप जम्मा गरेको एकमहिना नवित्दै सहमति विपरीत पासवानले इँटा उधोग एक लौटी पारे ।
पासवानले पैसा हत्याएपछी सहमति तोडेर हालसम्म पैसा नदिएको उनले आरोप लगाए । पासवानलाई पटकपटक तागेदा गर्दा समेत पैसा नदिएपछि जग्गा गुम्ने अवस्थामा पुगेको उनले बताए ।
पासवानले साहु रुपनी गाउँपालिका १ का विनोद यादव विरुद्ध अनुचित लेनदेनको मुद्दा लगाउन भनेपछि उजुरी समेत दर्ता गराएँ, मियाँले भने, सोही आधारमा पासवानले पैसा लिएको स्वीकार गर्दै असोज २८ गते ४२ लाख बुझाउने र जग्गा फिर्ता गर्ने सहमति पनि भयो,
सहमति कार्यान्वयनका लागि पैसाको लागि फोन गर्दा पासवानले आफ्नो नम्बर व्याल्क लिष्ट गरेको उनले गुनासो गरे ।
सम्पुर्ण ॠण चुक्ता गर्न तयार भई पासवान आफैंले सहमति गराएको बताउँदै मियाँले अहिले आएर १७ लाख मात्र लिएको भन्दै बेइमानी गर्ने नियतबस हल्ला फिजाउने गरेको आरोप लगाए ।
पासवानले अहिले आफुसंग कुराकानी समेत गर्न छाडेको उनको आरोप थियो ।
जग्गा राखेर ॠण उठाएर अरुलाई दिएको भनी परिवारबाट समेत तिरस्कृत हुनुपरेको दुखेसो सुनाउँदै उनले पासवानसंग पैसा असुल उपरगरि आफ्नो गुम्न लागेको जग्गा फर्काउन सहयोगका लागि स्थानीय प्रशासन, संचारकर्मी, नागरिक समाज तथा सरोकारवाला निकायसंग आग्रह गरे ।
इलाका प्रहरी कार्यालय कल्याणपुरमा २०७६ माघ २४ गते पासवानसंग सहमति भएको कागज देखाउँदै मियाँले उक्त सहमतिलाई समेत तोडेर पासवानले आफुलाई दुख दिएको बताए ।
साहुलाई २८ असोजसम्म ४२ लाख भुक्तानी नदिए आफू घरको न घाटको अबस्थामा पुग्नुपर्ने भन्दै उनले चिन्ता व्यक्त गरे ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |