राजबिराज । नेपाल सहित विश्वभरका इस्लाम धर्मावलम्बीहरूले बिहीबार इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मद पैगम्बर सल्लाह अलैवसल्लामको जन्म जयन्ती मनाइरहेका छन् ।
यसैगरी मुस्लिम समाज राजबिराज र मुस्लिम अगुवाहरूकाे अगुवाईमा राजबिराजमा बृहत् रयालीकाे अायाेजना गरी मुस्लिम धर्म गुरुहरूले आजका दिन मोहम्मद डे विश्वभर मनाइने गरेको बताएका छन् ।
उक्त रयालीमा राजबिराज नगरपालिकाका कावा नगर प्रमुख ईसरत परविण, जसपा नेता भिमराज यादब, राजबिराज वडा ३ का अध्यक्ष अनिल दास, वडा ४ का अध्यक्ष दिनेश कुमार साह, वडा २ का अध्यक्ष अरूण यादब, वडा ८ का अध्यक्ष जयनारायण मण्डल लगायत मुस्लिम धर्मालम्बिहरूकाे सहभागिता रहेकाे थियाे।
हजरत मोहम्मदको जन्म इस्लामकी पात्रो हिजरी संवत् रब्बीअव्वल महिनामा साउदी अरबको मक्कामा बिबि आमिनाको कोखबाट भएको बताइन्छ ।
उनको निधन ६३ वर्षको उम्मेरमा साउदीकै मदिनामा भएको थियो । मोहम्मदको जन्मदिनमा विभिन्न नाअत शरिफ वाचन गर्ने तथा उनका उपदेश र वाणीको स्मरण गर्ने गरिन्छ । उनीहरूले आजको दिन मुस्लिम समुदायले मनाउने अन्य पर्वहरू भन्दा ठूलो पर्व रहेको बताए ।
कावा नगर प्रमुख ईसरत प्रविणले हजरत मोहम्मद पैगम्बर सल्लाह अलैवसल्लामले संसारमा शान्ति स्थापना गर्न र एक आपसमा भाइचारा अभिवृद्धि र एक अर्काका लागि राम्रो कामको कामना गर्नुपर्ने सन्देश दिएका कारण मुस्लिम समुदायका लागि आजको दिन महत्त्वपूर्ण रहेको बताए ।
मोहम्मद डेको अवसरमा मधेस सरकारले आज सार्वजनिक बिदा समेत दिएको छ ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |