राजविराज । सप्तरीमा एक किशोरीमाथि बलात्कार भएको छ । यहि असोज ३ गतेबुधबार राति १६ वर्षीया दलित किशोरीमाथि सप्तरीको डाक्नेश्वरी नगरपालिका–३ का २४ वर्षीय महेशकुमार साहले बलात्कार गरेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार साहले आफ्नै घरअगाडि रहेको गोठमा लगेर ती किशोरीलाई बलात्कार गरेका थिए । बलात्कार आरोपी साह विरुद्ध उजुरी परेको प्रहरीले जनाएको छ । वलात्कारीलाइ बचाउन खोजने र पिडित लाई मिल्न दवाव दिने अक्रो एक जना विरुद्द समेत उजुरी परेका छन ।
घटनाका आरोपित दुवै जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको र दुवैजनालाई नियन्त्रणमा लिने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी ढुण्डिराज न्यौपानेले जनाएका छन् ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |