राजबिराज । राजविराज नगरपालिका २ र ८ नम्बर वडामा याेजना छनाेट गर्न वडा भेला सम्पन्न भएको छ ।
बिहिवार वडा ८ का अध्यक्ष जय नारायण मण्डलकाे अध्यक्षतामा आयोजित एक समारोहका विच वडा स्तरीय भेला सम्पन्न भएको हो ।
भेलामा अध्यक्ष मण्डलले आव २०८०/ ०८१ को लागि प्रस्तावित ५१ लाख बराबरको बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरे ।
भेलामा आव २०७९/०८० को विभिन्न योजना तथा कार्यक्रम बारे समेत वडा अध्यक्ष मण्डलले जानकारी गराएका थिए ।
कार्यक्रममा टेलिकमका प्राबिधिक माेजेलाल साह, पुर्व शिक्षा स्राेत ब्यक्ती दामाेदार ठाकुर, स्थानिय दुर्गा साह, याेगेन्द्र साह लगायतकाले शुभकामना मन्तव्य व्यक्त गरे ।
वडा सचिव अमरनाथ दत्त द्वारा संचालित कार्यक्रममा स्वागत मन्तब्य वडा सदस्य सुरेन्द्र कर्णले गरे । कार्यक्रममा राजविराज नगरपालिकाका ८ का नम्बर का स्थानीयहरुको उपस्थित रहेको थियो ।
यसैगरी राजबिराज नगरपालिका वडा २ मा पनि याेजना छनाेट गर्न वडा भेला सम्पन्न गरेकाे छ।
बुधवार वडा अध्यक्ष अरूण यादबकाे अध्यक्षता एक कार्यक्रम बिच वडा भेला सम्पन्न गरेकाे हाे।
भेला वडा अध्यक्ष अरूण यादबले आव ०८०/८१ काे लागी प्रस्ताबित ५१ लाख लाख बराबरकाे बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरेका छन।
अध्यक्ष यादबले वडाकाे प्रमुख याेजनाकाे रूपमा वडामा सर्वसधारणकाे शारिरिक ब्यामका लागि अाउट डाेर मेसिन, सरसफाईका लागि ट्रेकटर खरिद र टाबर लाईट जस्ता याेजनाहरू प्राथमिकतामा राखिएकाे बताए।
भेलामा आव २०७९/०८० को विभिन्न योजना तथा कार्यक्रम बारे समेत वडा अध्यक्ष यादबले जानकारी गराएका थिए ।
बैठकमा वडा सदस्य राजुउद्विन खाँ, आशा झा, मन्जु रजक, स्थानिय समिम अहमद, मनाेज सिँह, स्थानिय समाजसेवी देव नारायण यादब( कारी) देवनारायण यादब, सुनिल सिँह लगायत स्थानियवासीहरूकाे उपस्थिति रहेकाे थियाे।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |