राजविराज । शम्भुनाथ नगरपालिकाका निलम्बित मेयर जितेन्द्र गुप्ता भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको भ्रष्टाचार मुद्दामा शुक्रबार विशेष अदालतले मेयर जितेन्द्र गुप्ता र इन्जिनियर रामचन्द्र साहलाई दोषी ठहर गरेको हो ।
विशेष अदालतका न्यायाधीश यमुना भट्टराई, बलभद्र बास्तोला र डा. खुशी प्रसाद थारूको संयूक्त इजलासले उनीहरूलाई दोषी ठहर गरेको हो ।
दोषी ठहर गर्दै दुबैलाई ६ महिना कैद र ७० हजार जरिवाना तोकिएको विशेष अदालतका प्रबक्ता धनबहादुर कार्कीले जानकारी दिए । गुप्ता भ्रष्टाचारी ठहर हुने सप्तरीका दोस्रो नगर प्रमुख हुन् । यसअघि राजविराज नगरपालिकाका नगरप्रमुख भीमराज यादवलाई विशेष अदालतले भ्रष्टाचार मुद्दाका आशिंक रुपमा आरोप ठहर गरेको थियो ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |