राजविराज । तराईको पौराणिक महत्वको मिथिला क्षेत्रमा असोज कृष्णपक्ष शुरु हुनासाथै पुत्रवती मिथिलानीले जितियाको चर्चा र तयारी थालेका हुन् ।
पुत्रवती महिलाले असोज कृष्ण अष्टमीका दिन जितिया पर्वको कठोर उपवास बस्ने हिन्दु परम्परा छ । कृष्णपक्ष शुरु हुनासाथै व्रतालु महिला आत्मिक, दैहिक, भावनात्मक र भौतिक तयारीमा जुट्ने पुरानो मैथिल परम्परा हो ।
यसै क्रममा मैथिल महिला सञ्जाल सप्तरी तथा जितिया पर्व २०८० मूल समारोह समितिले जितिया पर्वको पूर्व सन्ध्या पारेर शुक्रबार राजविराजमा एक कार्यक्रम बिच जितिया पर्व २०८० आयोजना गरी मनाइएको छ ।
कार्यक्रममा सहभागी मिथिलानी महिलाहरूले नाच गान तथा जितिया पर्वको विधि विधान र महत्व बारे चर्चा परिचर्चा गर्दे जितिया पर्व मनाएका छन् ।
उक्त कार्यक्रममा पचास भन्दा बढि मिथलानी हरुको सहभागिता रहेको साहित्यकार तथा मैथिली अभियानकी करुणा झाले बताइन ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |