सप्तरी । परिकल्पना नेपालको सहयोग तथा टेवाको आयोजनामा सप्तरीको विष्णुपुर गाउँपालिका – ६ का दलित युवा महिलाहरूलाई दुई दिने सुरक्षित मातृत्व तालिम दिईएको छ ।
कार्यक्रमका प्रशिक्षक गजेन्द्रनारायण अस्पतालका एकद्वार संकट व्यवस्थापन केन्द्र राजविराजका फोकल व्यक्ति मनिषा सिम्खडाले परिवार नियोजन, गर्भास्था र सुत्केरी अवस्थामा आउने जटिलता र अपनाउनुपर्ने सजकता,सुत्केरी अवस्थामा गरिने स्याहार एचआईभी एड्स लगायत विषयमा महिलाहरूलाई प्रशिक्षण दिदै अस्पतालमा सुत्केरी हुँदा दिने सुविधा लगायतको बिषयमा जानकारी गराएकी थिईन् ।
दलित समुदायमा पनि मुसहर समुदायको महिला पछाडि परेको यस्ता विषयमा कसैले जानकारी नदिएको र यो दुई दिने तालिमबाट धेरै कुरा सिकेको छु कार्यक्रमका सहभागी द्रोपति सदाले व्यक्त गरिन् ।
तालिममा सहभागी फुलेश्वरी देवी सदाले भनिन्, जानकारी र चेतनाको अभाव अहिले पनि कतिपय महिलाहरूले गर्भवती अवस्थामा स्वास्थ्य जाँच नै नगरि घरमै बच्चा जन्माउने गरेको बताईन् ।
तालिममा परिकल्पना नेपालका अध्यक्ष सुधा देव, कोषाध्यक्ष डोली कुमारी सिंह, सदस्य सवाना प्रविन, वडा सदस्य रिता देवी सदाको उपस्थिति रहेको थियोे । कार्यक्रममा २५ जना महिलाको सहभागी रहेको थियो ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |