राजविराज । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अन्य पार्टीको आलोचना गरेका छन् ।
नेकपा एकीकृत समाजवादी पार्टीले शुरु गरेको मेची महाकाली समाजवादी जागरण अभियान अन्तर्गत राजबिराजमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै उनले अन्य पार्टीको आलोचना गरेका हुन् । अध्यक्ष नेपालले भने-नेकपा एमाले काम लाग्ने पार्टी नै होइन । अन्य पार्टीको काम छैन ।’
यद्यपि उनले गठबंधन सरकारको प्रशंसा गरे । गठबन्धनको सरकार राम्रो भएको र राम्रो काम गरिरहेको उनलेे बताए ।
अर्का पुर्व प्रधानमन्त्री झलनाथ खनालले प्राप्त संघियतावाट जनताले पाउने माैलिक अधिकार समेत पाउन नसक्दाँ देश आर्थिक संकटमा फसेकाे बताए, उनले भने मुलुकमा राेजगारी नपाएर बर्षेनी लाखाै युवाहरू बिदेश जान बाध्य छन ।
स्वदेशमा उधाेग/ ब्यवसायकाे संरक्षण नहुदाँ राेजगारकाे अबसर सिर्जना हुन सकेकाे छैन, देश अार्थिक संकट फसेकाे बताए, भएकाे उधाेग धन्दा बन्द हुने अबस्थामा पुगेकाे बताए।
सार्वजनिक शिक्षाकाे गुणस्तर घटनुकाे साथै अाधारभुत स्वास्थ सेवा नागरिककाे पहुचमा छैन, दलाली, भष्टाचारकाे दललमा फसिदै गएकाे बताए । जातिय विभेद तथा छुवाछुतकाे उन्मुलन र महिला हिंसा तथा बलात्कारकाे नियन्त्रण हुन सकेकाे छैन, उनले चिन्ता ब्यक्त गरे ।
समाजवादी जागरण अभियान अन्तर्गत राजबिराजमा अायाेजित कार्यक्रममा मधेश प्रदेश सरकारका समाजिक बिकास मन्त्री गाेबिन्द न्याेपानेले स्वागत मन्तब्य दिएका थिए भने कार्यक्रमकाे अध्यक्ष प्रतापनारायण चाैधरीले गरेका थिए ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |