राजविराज । सप्तरीका नव आगन्तुक प्रहरी प्रमुख गजु सिद्वि बज्राचार्यले जिल्लाकाे समग्र शान्ति सुरक्षा कायम प्रहरी टिम प्रतिबद्ध रहेकाे बताए ।
साेमवार जिल्ला प्रहरी सप्तरीले आयाेजना गरेकाे पत्रकार भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा साे कुरा बताएकाे हाे । उनले भने लागू औषध नियन्त्रण का लागि नाकाहरूमा सुरक्षा निकाय सहित सबैकाे समन्वय सहकार्यवाट नियन्त्रण गर्ने बताए ।
एसपी बज्राचार्यले पत्रकारहरूलाई सुचनामा पहुच सहज पुरयाउने, सुमधुर सम्बन्ध राख्दै संचारकर्मिहरूकाे सम्मान लागि पुर्ण प्रतिबधता जाहेर गरे । उनले भने बिगतमा भएकाे तिता मिठा कुरालाई बिर्सेर, सुचना, सुशासन र जिल्लाकाे सुरक्षालाई मजबुत बनाउन सुरक्षा निकायकाे कर्तब्य रहेकाे बताए ।
नव आगुन्तक डिएपी ढुण्डीराज न्याेपाने द्वारा संचालित परिचयात्मक कार्यक्रममा नेपाल पत्रकार महासँघ सप्तरी अध्यक्ष श्रवण देव, केन्द्रीय सदस्य ललिता साह, पुर्व केन्द्रीय सदस्य अबधेश झा, शाखा सप्तरी सचिव रामनारायण बिश्वास, शाखा सप्तरी सल्लाहाकार मनाेहर पाेखरेल, प्रेस युनियनका अध्यक्ष बिनय कर्ण, प्रेस मंचका अध्यक्ष भूषण सिँह, बृजमान तमांग, साैरब यादब लगायतले सप्तरीकाे शान्ति सुरक्षा सम्बन्धमा आ आफनाे सुझाव राखेका थिए ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |