राजविराज । मिथिला साहित्य कला प्रतिष्ठान (मिलाफ) ले जितिया पर्वको अवसरमा अन्तरक्रिया तथा शुभकामना आदान प्रदान गरेका छन ।
बुधवार राजविराजमा जितिया पर्वको अवसरमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा पत्रकारिता क्षेत्रमा योगदान पुर्याएको भन्दै पत्रकार तथा मेमो खबर अनलाईनका सम्पादक चन्दन कुमार यादबलाई सम्मान गरेको छ ।मिलाफका अध्यक्ष रमिला साह र मैथली अभियानी करूणा झाले संयुक्त रूपमा पत्रकार यादबलाई सम्मान गरेकी छिन ।
मैथली अभियानी करूणा झाले जितिया पर्व मिथिलान्चलको लोक पर्वको रूपमा रहेकोले सन्तानको दीर्घायु तथा सुख समृद्धिका पर्वको विशेष महत्त्व रहेको बताईन । संचारकर्मि चन्दन यादबले जितिया पर्वको अवसरमा महिला, दिदी, बहिनीहरूलाई शुभकामना दिईदै मैथिल संस्कृति पर्व मध्येको एउटा मुख्य पर्व जितिया रहेकोले सन्तानको सुखशान्ति र चिरायुका लागि कामना गर्दै शुभकामना दिए ।
उक्त अवसरमा महिलाहरूले मिथिलानी महिलाहरूले नाच गान तथा जितिया पर्वको विधि विधान र महत्व बारे चर्चा परिचर्चा गर्दे जितिया पर्व मनाएका छन् ।मैथली लोक गायक कंचन झाले जितिया पर्व यसकारणले पनि प्रसिद्ध छ कि यसको नियमपूर्वक पूजा गर्नाले आफ्नो सन्तानको आयु वृद्धि हुने जनविश्वास रहेको बताईन ।
मिलाफका अध्यक्ष रमिला साहको अध्यक्षतामा आयोजित कार्यक्रममा कंचन झा, ललिता झा, प्रतिमा देव लगायतले महिलाहरूले जितिया पर्वको लोकगित, नाचगान गरेर मनाईएको छ ।
तराईको पौराणिक महत्वको मिथिला क्षेत्रमा असोज कृष्णपक्ष शुरु हुनासाथै पुत्रवती मिथिलानीले जितियाको चर्चा र तयारी थालेका हुन् ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |