राजबिराज । दशैँ, तिहार लाई लक्षित गरी राजबिराजमा जिल्ला प्रहरी कार्यालयले नागरिक सहायता कक्ष स्थापना गरिएको छ ।
राजबिराज स्थित रुपनी मोडमा सप्तरीका प्रमुख जिल्ला अधिकारी किरण थापाले रिबन काटेर उद्घाटन गरिएको हो । सवारी दुर्घटना न्यूनिकरण गर्न सहायता कक्ष स्थापना गरिएको प्रहरी नायब उपरीक्षक ढुण्डीराज न्यौपानेले जानकारी दिए ।
राजबिराज सहित जिल्लाको तिलाठी, सखडा, बेल्ही, पातो, कंचनपुर, भारदह, फतेपर, शंभुनाथ, कल्याणपुर, कदमाहामा नागरिक सहायक कक्ष स्थापना गरिएको छ । आवश्यकता अनुसार जिल्लाको अन्य ठाउँहरूमा नागरिक सहायक कक्ष स्थापना गर्न प्रहरी उपरीक्षक गजु सिद्दी बज्राचार्यले बताए ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |