राजबिराज । जनता समाजवादी पार्टीका कार्यवाहक अध्यक्ष राजेन्द्र श्रेष्ठले मुलुकमा आएको ऐतिहासिक परिवर्तन र उपलब्धीलाई जोगाउने जिम्मा मधेश प्रदेश कै रहेको बताएका छन् ।
सोमवार प्रेस मंच सप्तरी द्वारा आयोजित पत्रकार सम्मेलनमा कार्यवाहक अध्यक्ष श्रेष्ठले सो कुरा बताएका हुन । ऐतिहासिक परिवर्तनबाट संघीयता, धर्मनिरपेक्षता, समावेशिता जस्ता उपलब्धीलाई संस्थागत सबै सजग भएर लाग्नुपर्ने बताए ।
केही नयाँ दलहरूबाट पनि परिवर्तनको उपलब्धि सुरक्षित हुन नसक्ने भएकोले दाबी गर्दै भने क्रान्ति भुमीका रूपमा परिचित मधेशले नै उपलब्धीलाई जोगाउन सक्ने बताए । एक अर्को प्रसङ्गमा बोल्दै कार्यवाहक अध्यक्ष श्रेष्ठले गौर घटना माओवादी क्रान्तिको प्रक्रिया स्वरूप घटेको टिप्पणी गर्दै उनले त्यसमा आफुहरू लाई दोषी गरेर मधेशमा आन्दोलनका क्रममा सरकार बिच भएको सहमतिको समेत उल्लंघन हुने बताए ।
उनले सरकारको गठनबन्धनमा रहेपनि हरेक निर्णयमा भने सहभागिता नहुने गरेको बताउँदै पछिल्लो पटक सरकारको निर्णयमा राष्ट्रपतिले गम्भीर अपराधका दोषी को सजाय माफ गर्ने विषयमा समेत आफ्नो पार्टी सँग कुनै छलफल नभएको बताए ।
उक्त पत्रकार सम्मेलनमा राष्ट्रिय सभा सदस्य मृगेन्द्र कुमार सिँह यादब, संघिय संसद नवलकिसोर साह, जसपा पार्टी प्रवक्ता मनिष सुमन, मधेश प्रदेश मुख्य सचिव दिनेश यादब, जिल्ला अध्यक्ष केदार यादब प्रेस मंचका अध्यक्ष भूषण सिँह लगायतको उपस्थिति रहेको थियो।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |