एजेन्सी । इजरायली सैनिक र चरमपन्थी सङ्गठन हमासका आतंककारीबीच द्वन्द्व जारी छ । शनिबारदेखि सुरु भएको हमलामा अहिलेसम्म दुवै पक्षबाट १६ सयभन्दा बढीको मृत्यु भइसकेको छ । ५ हजारभन्दा बढी घाइते भएका छन् ।
इजरायलबाट मात्रै ९०० भन्दा बढी मानिस मारिएका छन् । इजरायली सेनाले आक्रमणलाई तीव्र बनाएको छ । गाजा पट्टीमा इजरायली आक्रमणमा हमासको ६८० जनाको मृत्यु भएको छ ।
यसैबीच सो युद्धमा परेर १० जना नेपालीले ज्यान गुमाईसकेका छन भने धेरैजना घाइते भएका छन् । युद्धमा कतैपनि सहभागी नभएका ५० जना विदेशीले पनि अनाहकमा ज्यान गुमाएको अन्तराष्ट्रिय मिडियाहरुले जनाएका छन् । हमासको आक्रमणमा मारिने विदेशीको संख्या अहिलेसम्म करिब ५० पुगेको छ । करिब ८० जना हराइरहेका छन् ।
यस्तो छ तथ्यांकः नेपाल : १० जनाको मृत्यु, थाइल्याण्ड : १२ जनाको मृत्यु, ११ बन्धक, अमेरिका : ११ जनाको मृत्यु, अन्य बेपत्ता, अर्जेन्टिनास: ७ जनाको मृत्यु, १५ बेपत्ता, युक्रेनस: २ जनाको मृत्यु, फ्रान्सस: २ जनाको मृत्यु, १४ बेपत्ता, रुसस: १ जनाको मृत्यु, ४ बेपत्ता, बेलायतस : १ जनाको मृत्यु, १ बेपत्ता, क्यानडास : १ जनाको मृत्यु, ३ बेपत्ता, कम्बोडियास : १ जनाको मृत्यु, जर्मनीस : धेरै बन्धकहरू, ब्राजिल : ३ बेपत्ता, चिली : २ बेपत्ता, इटाली : २ बेपत्ता, पाराग्वे : २ बेपत्ता, पेरु : २ बेपत्ता, तान्जानिया : २ बेपत्ता, मेक्सिकोस : २ बन्धक, लम्बियास : २ बन्धक, फिलिपिन्स : १ बन्धक, ६ बेपत्ता, पनामा : १ बेपत्ता, आयरल्याण्ड : १ बेपत्ता
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |