राजविराज । नेपालीहरूको महान चाड पर्व वडा दशैँ तथा शुभ दिपावली लाई लक्षित गरी सुरक्षा व्यवस्थालाई चुस्तदुरुस्त बनाउन विशेष सुरक्षा योजना संचालनमा ल्याइएको छ ।
शुक्रवार जिल्ला प्रहरी कार्यालय सप्तरीले पत्रकार सम्मेलनको आयोजना गरी जिल्लामा चाड पर्वलाई मध्यनजर गर्दे वडा दशैँमा शान्ति सुरक्षा व्यवस्थित गर्न छिन्नमस्ता शक्तिपीठ र कंकालिनीमा विशेष सुरक्षा ब्यवस्था संचालन ल्याएको प्रहरी नायव उपरीक्षक ढुन्डीराज न्यौपानेले जानकारी दिए ।
उनले भने चाडपर्वलाई लक्षित गरी सिमा नाकाहरूमा कडाईका लागि सबै इलाका नाका र चौकी सहित राजमार्ग प्रमुखहरूलाई कार्यान्वयन गर्न निर्देशन दिएको डीएसपी न्यौपाने बताए ।
उनले चुनौतीरूपमा रहेको लागू औषध र घरेलु मदिरा मादक पदार्थ सेवन जस्ता गतिविधि नियन्त्रण नियन्त्रण गर्न जिल्लाभरीमा ६ सय ९० जना प्रहरीलाई परिचालन गरी सुरक्षा ब्यवस्था कडा पार्ने जानकारी दिइदै आम नागरिकलाई विश्वस्त हुन भनिएको छ ।
सप्तरी प्रहरी प्रमुख गजु सिद्वि बज्राचार्यको नेतृत्वमा कमान्ड प्रोसेस टोली र मेरो नेतृत्व रिजर्व टोली बनाएको छु, भने चाड पर्व सम्मका लागी आवश्यकता अनुसार स्टेनवायज रूपमा ब्यवस्था रहेको डिएपी ढुन्डीराजले बताए ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |