काठमाण्डौं । नेपालले हङकङलाई ७९ रनले हराउँदै नेपाल त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ ।
नेपालले दिएको २ सय १४ रनको विशाल लक्ष्य पछ्याएको हङकङले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ३४ रन मात्र बनायो । हङकङका लागी यानशे रथले सर्वाधिक ४५ रन बनाए । बलिङतर्फ नेपालका करण केसी, सोमपाल कामी र ललित राजवंशीले २/२ तथा दीपेन्द्रसिंह ऐरी र प्रतिस जिसीले १/१ विकेट लिए ।
यसअघि मूलपानी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २ सय १३ रन बनायो । नेपालका कुशल मल्लले सर्वाधिक ९२ रन बनाए । याे खेल जित्दै नेपाल १ खेल अघि नै फाइनल पुगेकाे हाे ।अब नेपालले अन्तिम खेल आउँदो सोमवार यूएईसँग खेल्नेछ ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |