राजबिराज । त्रिदेशीय टी-२० सिरिजमा नेपालले युएईलाई पाँच विकेटले पराजित गरेको छ ।
सोमबार भएको खेलमा नेपालले युएईलाई ५ विकेटले पराजित गरेको छ ।
युएईले दिएको १६४ रनको लक्ष्य नेपालले अन्तिम ४ बल बाकी रहदा ५ विकेटले पूरा गर्यो । नेपालका लागि आसिफ सेखले ६२ रनको योगदान दिए । कप्तान रोहित पौडेलले ४७ रन र दिपेन्द्र सिंह ऐरीले ४० रन जाेडे ।
यसअघि टस हारेर व्याटिंग गरेकोे युएई निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १६३ रन जोडेको थियो ।
नेपालले यसअघि युएईलाई र हँगकँगलाई दुई पटक हाराइसकेकाे छ ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |