भारदह, ८ कार्तिक । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १ भारदहस्थित प्रसिद्ध कंकालिनी भगवती मन्दिरमा आज सरसफाइ कार्यक्रम गरिएको छ ।
दशैंकाे दस दिने अवधिमा मन्दिर परिसरमा जम्मा भएकाे फाेहाेर स्थानीय ओम ट्रेडर्सकाे अगुवाइमा सरसफाइ गरिएको हाे ।
ट्रेडर्सका सञ्चालक चन्दनकुमार कापैरकाे नेतृत्वमा परिवारका सम्पूर्ण सदस्यसहित सहयोगीहरुकाे सहभागितामा मन्दिर परिसरलाई सरसफाइ गरिएकाे छ ।
बलि निरन्तर !
मुलुककै प्रसिद्ध याे मन्दिरमा दशैंकाे महानवमीकाे दिन ६ सय ३ वटा रांगाकाे बलि प्रदान गरिएकाे थियाे । रांगा बलिकालागि मन्दिर विकास समितिले अपनाएकाे गाेलाप्रथा विधिबाट एक नम्बरमा स्थानीय मनिष(छाेटु) झाकाे रांगा बलि प्रदान भएकाे थियाे ।
रांगा बलिअघि हुने संकलप पुजाकाे अवसरमा स्थानीयबासिन्दा एवं नागरिक समाज काठमाण्डुका अगुवा गणेशकुमार मण्डलकाे सक्रियतामा नेपाली सेनाकाे हेलिकाेप्टरबाट पुष्पबृष्टि अर्थात् फुल बर्साईएकाे थियाे ।
भक्तजनले गरेकाे भाकल पूरा भएपछि कंकालिनीमा रांगाकाे बलि दिने चलन रहिआएकाे छ । साेहीक्रममा दशैं भरि यहाँ करिब ४१ हजार खसीबाेकाकाे बलि समेत भएकाे भारदहका वडाअध्यक्ष सुरेन्द्र मण्डलले जानकारी दिए ।
गतवर्ष कंकालिनी मन्दिरमा ६ सय ६९ वटा रांगाको बलि प्रदान गरिएको थियो भन्ने त्यसकाे अघिल्लो वर्ष ७ सय ४४ वटा रांगाको बलि दिईएकाे थियाे ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |