राजबिराज । दशै तथा शुभदिपावलीकाे अवसरमा राजबिराजमा सांस्कृतिक, पर्यटन तथा कृषि, व्यापार मेला २०८० सुरू भएकाे छ ।
राजबिराज स्थित राजरंगशाला खेलमैदानको जग्गामा सप्तरी युथले बृहत मेलाको आयोजना गरेका छन ।
अईतवार राजबिराज नगरपालिका कावा नगरप्रमुख ईसरतले मेलाकाे उदघाटन गरेकी छिन ।
१५ दिनसम्म सञ्चालन हुने मेलामा उपभोक्तालाई एकै थलोबाट सम्पूर्ण सामान उपलब्ध गराउने उद्देश्यले सञचालित मेलामा ३० भन्दा बढी स्टल रहेकाे सप्तरी युथका उपाध्यक्ष माेहन यादबले जानकारी दिए ।
मेलाकै अवसरमा सांस्कृतिक कार्यक्रम समेत आयोजना हुने मेला संयोजक सतेन्द्र यादबले जानकारी दिए ।
राेटे पिंग, ब्रेक डान्स, नाच सहित दैनिक उपभोग्य सामग्री, खाद्यान्न, लत्ताकपडा, जुत्ता, कृषि तथा हस्तकलाका सामग्री,भाँडाकुँडाका सामग्री, पर्यटन प्रवर्द्धनसम्बन्धी गर्ने स्टल रहने मेला समिति संयाेजक सतेन्द्र यादबले बताए ।
मिथिला संस्कृत, खाना महोत्सव तथा राष्ट्रिय एवं स्थानीय खाना महोत्सव, विभिन्न ब्राण्डका मोबाइल तथा इलेक्ट्रोनिक्स सामानको स्टल रहेकाे छ।
मेलामा बिक्री गरिने सामानमा २५ देखि ५० प्रतिशतसम्म छुट दिने व्यवस्था गरिएको जानकारी दिँदै संयाेजक यादबले मेलामा आउनेका लागि निःशुल्क स्वास्थ्य शिविरसमेत सञ्चालन गर्ने बताए ।
मेलामा हरेक दिन विभिन्न ब्याण्ड प्रतियोगिता, डान्स प्रतियोगिता र अन्य मनोरञ्जनात्मक कार्यक्रम आयोजना हुने बताइएको छ ।
उदघाटन सत्रमा सप्तरी युथ नेपाल उपाध्यक्ष माेहन यादबकाे अध्यक्षतामा अायाेजित मेला उदघाटन कार्यक्रममा राजबिराज नगरपालिकाका प्रवक्ता जय नारायण मण्डल, वडा ७ का अध्यक्ष सुभाष यादब, वडा २ का अध्यक्ष अरूण कुमार यादब, वडा १५ का अध्यक्ष अाेम नारायण मण्डल, नेपाल पत्रकार महासँघका अध्यक्ष श्रवण देव, नागरिक समाजका अध्यक्ष थानसिँह भन्साली, मेला समिति संयाेजक सत्येन्द्र यादब, सप्तरी युथका उपाध्यक्ष माेहन यादब, काेषाध्यक्ष बिष्णु यादब, मैथली साहित्य परिषदका अध्यक्ष अबधेश झा लगायतकाे उपस्थिति रहेकाे थियाे भने कार्यक्रमकाे संचालन पत्रकार जितेन्द्र कुमार झा जितुले गरेका थिए ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |