राजविराज । सप्तरीको रुपनीमा एक युवकको शव फेला परेको छ । रुपनी गाउँपालिका–६ को तेरहौतामा सोमबार झुन्डिएको अवस्थामा युवकको शव फेला परेको हो ।
स्थानीय उत्तिमलाल साहको छोरा संतोष साहको शव फेला परेको हो । घरदेखी ८ सय मिटर पश्चिम आँप बगैंचामा डोरिको पासो लगाएर झुन्डिएको अबस्थामा साहलाई मृत भेटिएको प्रहरीले जनाएको छ ।
श्रीमति सित केहि समयदेखि सम्बन्ध विग्रीएको कारण आइतबार राती गाउँका अगुवाहरुबाट श्रीमतीकै विषयमा दुर्व्यवहारमा समेत परेपछि तनावमा आएर आत्महत्या रोजेको हुनसक्ने आशंका स्थानीय बासीको छ । मृत्क साह वैदेशिक रोजगारीबाट ४-५ महिना अगाडि मात्र घर आएका थिए ।
यता घटना वारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |