राजविराज । सप्तरीको छिन्नमस्ता गाउँपालिका-३ स्थित बिष्णुपुर-सखडा नहर सडक खण्डबाट श्रोत नखुलेको १० लाख ९८ हजार नेपाली रुपैया सहित छिन्नमस्ता गाउँपालिका-३ बस्ने ३९ वर्षीय जयप्रकाश यादवलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले विशेष सुचनाको अधारमा यादव सवार रहेको (मधेश प्रदेश २-०१-००१ प ०७०८ ) नम्बरको मोटरसाईकललाई चेकजाँच गर्ने क्रममा मोटरसाईकलको सिट कभर भित्र लुकाई छिपाई राखेको अवस्थामा रकम सहित यादवलाई पक्राउ गरेको हो ।
पक्राउ परेका यादवलाई नियन्त्रणमा लिइ थप अनुसन्धान कार्य भइरहेको सप्तरी प्रहरीका प्रबक्ता एवं डीएसपी ढुन्डीराज नेउपानेले जानकारी दिए ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |