स्पतरी । जाजरकोट केन्द्रबिन्दु बनाएर गएको भूकम्पमा परेर ५४ जनाभन्दा बढीको मृत्यु भएको छ । ६ दशमलव ४ रेक्टर स्केलको भूकम्पमा परेर धेरै जना घाइते भएका छन् ।
कर्णाली प्रदेश प्रहरी प्रमुख डीआईजी भीमप्रसाद ढकालले अनुसार बिहान ५ बजेसम्म प्राप्त विवरणअनुसार ५४ जनाको ज्यान गएको र ४६ जना घाइते भएको पुष्टि भएको छ ।
जाजरकोटमा मात्रै ३४ जनाको ज्यान गएको छ । ८ जना गम्भीर घाइतेलाई उपचारको लागि सुर्खेत पठाइएको र २१ जनाको जिल्ला अस्पतालमा उपचार भैरहेको खबर छ । जाजरकोटको नलगाढ नगरपालिकाकी उपमेयर सरिता सिंहको पनि ज्यान गएको छ ।
भूकम्पबाट भएको अरु क्षतिको बारेमा विवरण सङ्कलन भइरहेको प्रहरीले जनाएको छ । भूकम्पबाट धेरै घर भत्किएको अनुमान छ । रातिको समय भएकाले यकिन विवरण सङ्कलनमा कठिनाइ भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |