राजविराज । जनता समाजवादी पार्टीकाी कार्यकारणी सदस्य रेणु कुमारी यादवले मधेशी जनताको आन्दोलनको उपजले देशमा पहिचान सहितको संघियता स्थापित सफल भएको बताएकी छिन ।
देश र समाजमा पहिचान नभएको व्याक्ति पलायन हुने हुदा नेपालमा मधेशीले पहिचानका लागि नै जनविद्रोह गरेको नेतृ यादवले बताईन ।
हनुमाननगर कंकालनी नगरपालिका वडा नम्बर १४ द्धारा आयोजित शुभ दिपावली र छठ पर्वको उपलक्ष्यमा शुभकामना आदान प्रदान कार्यक्रमकी प्रमुख अथिती रहेकी नेतृ यादवले देशमा संघियता सहित पहिचान स्थापित गर्न मधेशी जनताको आन्दोलनको सफलता रहेको बताईन ।
कार्यक्रमका विशिष्ट अथिति मधेश प्रदेशका पुर्व अर्थ मन्त्री शैलेन्द्र प्रसाद साहले विकास निमार्णमा संगठनले जिम्मेवारी पुर्वक अगाडी बढी बताए ।
पार्टी संगठनबाट नेतृत्व गरिरहेका जनप्रतिनिधिले जनताका लागि विकास निमार्ण प्रति वफादार भई काम गर्नु पर्नै मन्त्रीि साहले जोड दिएका थिए ।
मधेशी जनताको जनविद्रोले प्राप्त पहिचान सहितको संघियतामा सबैको अधिकार बराबर रहेकोले जनप्रतिनिधिले पार्टी संगठन भन्दा जनताको आवश्यता प्रति ध्यान राख्नु पर्नै मन्त्री साहले बताए ।
वडा अध्यक्ष कृष्ण कुमार यादवको अध्यक्षतामा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा जनता समाजवादी पार्टीका केन्द्रिय सदस्यद्धय जगदेव यादव, दिपक कुमार यादव,नेता विनाेद कुमार चौधरी, शम्भु कुमार झा, निरज कुमार झा, युवा नेता तारकेश्वर यादव, देव नारयण यादव लगायतले शुभकामना मन्तव्य दिएका थिए ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |