राजविराज । जनता समाजवादी पार्टी (जसपा) नेपाल, सप्तरीको ५७ सदस्यीय समान्तर समिति गठन भएको छ ।
पार्टीका असन्तुष्टहरुको बुधबार राजविराजमा उमेश यादवको संयोजकत्जमा नयाँ कार्यसमिति बनाइएको उक्त पक्षले जनाएको छ । संयोजकमा चयन भएका उमेश बिष्णुपुर गाउँपालिकाका निलम्बित अध्यक्ष हुन् ।
जसपाको बुधबार जिल्लास्तरीय भेला आयोजना गरिएको थियो । भेलामा पार्टी नेतृ एवं पूर्व मन्त्री रेणु यादव, पूर्व प्रदेश मन्त्री शैलेन्द्र साह, नेताहरु शम्भु झा, भीमराज यादव, दयानन्द गोइत, तारकेश्वर यादवसहितकाले सम्बोधन गरेका थिए ।
जसपाका अध्यक्ष केदार यादवले यसअघि मंगलबार सूचना जारी गर्दै कार्यकर्ता भेलामा सहभागिता नजनाउन भनेका थिए ।
पार्टी नेतृत्वप्रति असन्तुष्ट भएर उनीहरु भेलाको आयोजना गरी समिति बनाएको बुझिएको छ ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |