राजबिराज । कालाकार प्रिति पासवानकाे डान्स राेकिएपछि दर्शकहरू स्टेजमै ढुंगामुढा गरेपछि सप्तरी संस्कृति पर्यटन कृषी व्यापारिक महोत्सव स्थगित भएकाे छ ।
शनिवार कालाकार पासवानकाे प्रस्तुती दिउसाे ३ बजे सुरू भई १५ मिनेटमा ३ वटा गितमा प्रस्तुती पछि आयाेजकले भिड नियन्त्रण भन्दा बाहिर गएपछि कार्यक्रम स्थगित गरेपछि दर्शकहरू आक्राेसले स्टेजमा ढुंगामुढा गर्दै रंगशालाकाे पर्खाल समेत भत्काईदिएकाे छ ।
जिल्ला प्रशासन कार्यालय सप्तरीले शान्ति सुरक्षालाई मध्यनजर गर्दै कलाकार प्रिति पासवानलाई नृत्य प्रस्तुती गर्न १५ मिनेट समय मिलाएपनि टिकट काटेर आउनेहरूले प्रस्तुती हेर्न नपाएपछि आक्राेस भिडले स्टेज सहित प्रहरी हरू माथिनै ढुगांमुढा गरेपछि प्रहरी भिड नियन्त्रण गर्न लाठी चार्ज समेत गरेका थिए ।
लाठी चार्ज गरेपछि दर्जनाै युवाहरूले समान्य घाईते भएका थिए भने रंगशालामा भागदाैड समेत मचिएकाे थियाे । आयाेजकले ५० रूपैया टिकटलाई सय रुपैयाँ तोकिएकोले टिकट कटाएर दर्शकहरुले सास्कृतिक प्रोग्राम गर्न जादाँ पनि हेर्न नपाएपछि दर्शकहरू आक्राेसमा आई ताेडभाेड गरेका थिए ।
प्रहरी र दर्शकहरू बिच एक घण्टानै ढुंगामुडा चलेपछि एक घण्टा रंगशाला आन्दाेलनकाे स्थलनै बनेका थिए भने भागदाैड स्टेजमा क्षति पुगेकाे छ भने स्टल गर्न ब्यापारीहरूकाे सामग्रीहरूमा क्षति पुगेकाे छ ।
यता सप्तरी युथका उपाध्यक्ष माेहन यादब अनुसार भिड नियन्त्रण भन्दा बाहिर गएपछि वाध्य भएर कार्यक्रम स्थगित गर्नु परेकाेले बताए ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |