राजविराज । वडा दशैँ तथा शुभ दिपावली र छठ पर्व लाई लक्षित गरी सुरक्षा व्यवस्थालाई चुस्तदुरुस्त बनाउन विशेष सुरक्षा योजना फितलाे भएकाे छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीले चाड पर्व लक्षित सुरक्षा याेजना असफल भएकाे छ ।
सप्तरीकाे सदरमुकाम राजबिराज नगरमा दर्जनाै ठाउमा चाेरी भएपनि प्रहरी प्रशासन बेखवर बनेकाे छ ।
राजबिराज नगरपालिका वडा २ स्थित चाड पर्व यता दर्जनाै काे घरवाट पानी तान्ने माेटर र माेटरसाईकलकाे हेल्मट जस्ता सामग्री घरमा चाेरी भएकाे छ ।
स्थानिय शंभु साफी, प्रभात देव र महेश रायकाे घरवाट पानी तान्ने माेटर चाेरी भएपनि प्रहरीले चाेरलाई समात्न सकेकाे छैन ।
शुक्रवार बेलुका राजबिराज २ स्थित संचारकर्मि चन्दन यादबकाे घर अगाडि राखिएकाे माेटर साईकलवाट हेल्मेट चाेरि भएकाे छ ।
जिल्लामा चाड पर्वलाई मध्यनजर गर्दे वडा दशैँमा विशेष सुरक्षा ब्यवस्था संचालन ल्याएपनि यसरी घर घर वाटै चाेरी हुने घटनाले स्थानियहरू त्रसित बनेकाे स्थानिय असाेक देव बताछन ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |