राजविराज । सप्तरी जिल्ला कारागार राजविराजमा एक जना कैदीको मृत्यु भएको छ । मृत्यु हुनेमा राजविराज- १५ का ६५ वर्षीय नन्दलाल मण्डल रहेको सप्तरी कारागारका प्रमुख सदानन्द दासले जानकारी दिए ।
मंगलबार बिहान खाना खाएर शौचालय गएका वेला उनी निस्केपछि लडेका थिए । उनलाई तत्काल उपचारका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा ल्याइएकोमा उपचारको क्रममा मण्डलको मृत्यु भएको हो ।
मृत्क मण्डल कर्तव्य ज्यान मुद्दामा २०७९ कार्तिक १६ गतेदेखि राजविराज कारागारमा कैद भुक्तान गरिरहेका थिए ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |