राजबिराज । राजविराज ७ स्थित जीर्ण राज रङ्गशालालाई मर्मत सम्भार गरिने भएको छ ।
रङ्गशालालाई राम्रो बनाउन यस पटक राष्ट्रिय योजना आयोग, मधेश प्रदेश सरकार र राजविराज नगरपालिकाले समेत बजेट विनियोजन गरेको छ ।
राष्ट्रिय योजना आयोगले समपूरक अनुदान अन्तरगत रू ८० लाख, नगरपालिकाले पनि त्यतिकै गरि रु १ करोड ६० लाख तथा मधेश प्रदेश सरकार अन्तर्गत भौतिक पूर्वाधार मन्त्रालयले रु १ करोड बजेट विनियोजन गरिएको छ ।
उक्त बजेटले रङ्गशालाको कस्ता-कस्ता काम गर्ने सम्बन्धमा सरोकारवालाले बिहीबार रङ्गशालाको निरीक्षण गरेका छन् ।
नगरपालिकाका कार्यवाहक प्रमुख इसरत परबिनको नेतृत्वमा सरोकारवालाले रङ्गशालाको निरीक्षण गरे । ‘यो बजेटले रङ्गशालालाई राम्रो बनाउने हाम्रो सोच छ’ परबिनले भनिन्, ‘सरोकारवालासँग थप छलफल गरि काम अघि बढाइनेछ ।’
बजेटले चारैतिर घेराउ गरि प्याराफिट निर्माण, सटर, शौचालयसमेत क्लबस्थित बनाउने सोच रहेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णु गुरुङले जानकारी दिए ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |