राजविराज । सप्तरी युथ नेपालद्वारा रामराजा सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान अविलम्ब निर्माण गर्न माग गर्दै राजबिराजमा प्रदर्शन गरिएको छ ।
सोमवार स्थानीय राज रङ्गशालाबाट निकालिएको युवाहरूको जुलुस नगरको विभिन्न भाग परिक्रमा गर्दै जनआन्दोलन चोकमा पुगी कोण सभामा परिणत भएको थियोे ।
काेण सभामा वक्ताहरूले सरकारलाई अविलम्ब प्रतिष्ठानको निर्माण शुरु गर्न आग्रह गर्दै काम शुरु नगरेसम्म आन्दोलन जारी राख्ने बताए ।
आन्दोलन परिचालन समितिका संयोजक सत्येन्द्र यादवको अध्यक्षतामा अायाेजित काेण सभामा प्रतिष्ठान निर्माणकाे माँग गर्दै राम कुमार दास, नेकपा एमालेका युवा नेता अखिलेश झा, सप्तरी युथका सदस्य मुस्तकिन आलम सुरज यादव, बसन्त यादवसहितकाले मन्तव्य अविलम्ब सुचारू गर्न माग गरे ।
आन्दोलन अन्तर्गत मंसिर १२ गते सिटि जुलुस, मंसिर १३ गते बुधबार–दिउँसै टर्च बालेर नेता तथा सांसदको खोजी गर्ने १४ गते बिहीबार–जिल्ला प्रशासन कार्यालयको मूल गेटमा १ घण्टा धर्ना दिने, १५ गते शुक्रबार–जिल्ला प्रशासन कार्यालयको मूल गेटमा २ घण्टा धर्ना दिने संघर्षकाे कार्यक्रम रहेकाे उपाध्यक्ष माेहन यादबले जानकारी दिए ।
सरकार गम्भीर नभए सशक्त रूपमा पुनः अर्काे चरणको आन्दोलन घोषणा गर्ने संघर्ष समितिका संयाेजक सत्येन्द्र यादबले जानकारी दिए ।
यो आन्दोलन समग्र सप्तरीबासीको भएकाले सबै राजनीति दल, बुद्धिजीवी, शिक्षक, विद्यार्थी, अधिकारकर्मी, संचारकर्मीहरू सहित सबैलाई सहयोग गर्न आग्रह गरेको छ ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा राजविराज नगरपालिका वडा नम्बर १० बिरौलस्थित स्वास्थ्य विज्ञान प्रतिष्ठान शिलान्यास गरिएको थियो ।
२२ असार २०७८ मै ओलीले भर्चुअल माध्यमबाट शिलान्यास गरेपनि काम अझै अघि बढ्न सकेको छैन् ।
प्रतिष्ठान निर्माणस्थलमा बोर्ड राख्ने, जग्गा तारजालीले घेरबार गर्ने र डिपिआर बनाउनबाहेक अन्य काम अघि बढ्न सकेको छैन् ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |