राजविराज । सप्तरी युथ नेपालद्वारा रामराजा सिंह स्वास्थ्य बिज्ञान प्रतिष्ठान अबिलम्ब निर्माण गर्न माग गर्दै राजबिराजमा सिटी जुलुुस प्रदर्शन गरिएको छ ।
मंगलवार निर्धारित संघर्ष कार्यक्रम अन्तर्गत राज रङ्गशालाबाट सिटी रेली गजेन्द्र नारायण सिँह अस्पतालमा हसपिटल चौक सम्म पुगेर फेरि दशन चौकमा कोणसभामा परिणत भएको थियो ।
काेण सभामा एकीकृत सामाजबादी सप्तरी जिल्ला अध्यक्ष जय राम यादब, युवा नेता पशुपति कर्ण, अनिल यादव, मुस्तकिन आलम, बसन्त यादव, श्याम माझी लगायतले रामराजाप्रसाद सिंह स्वास्थ बिज्ञान प्रतिष्ठान निर्माण कार्य अबिल्म्ब सुचारुको निम्ति आ आफनो मन्तब्य राखेको थियोे भने कार्यक्रमको उदघोष मोहन कु यादवले गरेको थियो ।
बुधवार दिउँसाे टर्च बालेर हामीले स्वास्थ मन्त्री खोज्ने कार्यक्रम रहेकोे समेत जानकारी गराएको छ । स्थानीय राज रंगशालाबाट निकालिएको युवाहरूको जुलुस नगरको विभिन्न भाग परिक्रमा गर्दै जनआन्दोलन चोकमा पुगि काेण सभामा परिणत भएको थियोे ।
काेण सभामा बक्ताहरूले सरकारलाई अबिलम्ब प्रतिष्ठानको निर्माण शुरु गर्न आग्रह गर्दै काम शुरु नगरेसम्म आन्दोलन जारी राख्ने बताए ।
मंसिर १३ गते बुधबार–दिउँसै टर्च बालेर नेता तथा सांसदको खोजी गर्ने १४ गते बिहीबार–जिल्ला प्रशासन कार्यालयको मूल गेटमा १ घण्टा धर्ना दिने, १५ गते शुक्रबार–जिल्ला प्रशासन कार्यालयको मूल गेटमा २ घण्टा धर्ना दिने संघर्षकाे कार्यक्रम रहेकाे उपाध्यक्ष माेहन यादबले जानकारी दिए ।
तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा राजविराज नगरपालिका वडा नम्बर १० बिरौलस्थित स्वास्थ्य विज्ञान प्रतिष्ठान शिलान्यास गरिएको थियो ।
२२ असार २०७८ मै ओलीले भर्चुअल माध्यमबाट शिलान्यास गरेपनि काम अझै अघि बढ्न सकेको छैन् । प्रतिष्ठान निर्माणस्थलमा बोर्ड राख्ने, जग्गा तारजालीले घेरबार गर्ने र डिपिआर बनाउनेबाहेक अन्य काम अघि बढ्न सकेको छैन् ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |