राजबिराज । खडक नगरपालिका वडा ६ लाई बालविवाह मुक्त वडा घोषणा गरिए सँगै केही दिनमै बालविवाह मुक्त नगरपालिका घोषणा हुने भएको छ।
मंगलबार एक कार्यक्रम बिच खडक नगरपालिकाका नगर प्रमुख जय प्रकाश चौधरी र उपप्रमुख रिता चौधरीले वडालाई बालविवाह मुक्त वडा घोषणा गर्दै सो कुरा बताएको हो ।
बालविवाह मुक्त वडा घोषणा गर्न सूचक पूरा गरेपछि घोषणा गरिएको छ ।
वडा ६ मा विगत १ बर्षमा १९ विवाह वटा भएको मध्ये १ वटा मात्र बालविवाह भएकोले बालविवाह मुक्त वडा घोषणा गर्ने सूचक पुरा गरेपछि घोषणा गरिएको वडाका अध्यक्ष तथा वडा बालअधिकार समितिका संयोजक मो । कमालुद्दिनले बताए ।
यस अगाडि खडक नगरपालिका १, ५, ७, ८, ९, १०, ११ नम्बर वडा घोषणा भइसकेको छ भने वडा नम्बर २, ३, ४ वडा घोषण हुन बाकी रहेको बताईएको छ ।
वडालाई बालविवाह मुक्त घोषणा बाल विवाह नहि करबे ,नहि करदेबै हम खडक नगरपालिका हमर गौरब” सप्तरीको खडक नगरपालिकालाई चाडै बालविवाह मुक्त नगरपालिका घोषणा गरिने नगरप्रमुख जयप्रकाश चौधरीले जानकारी दिए ।
बालविवाहलाई न्यूनीकरण गर्ने उद्देश्यले खडक नगरपालिकाको समन्वयमा सबल नेपाल र सेभ द चिल्ड्रेनको साझेदारीमा संचालित समुन्नति परियोजनाको आर्थिक तथा प्राविधिक सहयोगमा वडा बालअधिकार समितिको आयोजित समारोहमा सरकारी , गैरसरकारी बिधालय बाट बाल विवाह समन्धी रयाली, बाल क्लबको बालबालिका द्वारा नृत्य, नाटक कविता प्रस्तुत गरिएको थियो
कार्यक्रममा स्थानीय र सरोकारवालाहरूले अब उपरान्त बालविवाह नहुने प्रतिबद्धता जनाएर बालविवाह मुक्त वडा घोषणा गरिएको छ ।
वडा अध्यक्ष मो । कमालुद्दिनले अध्यक्षतामा संचालन भएको उक्त घोषणा कार्यक्रममा विभिन्न वडाका वडा अध्यक्ष, वडाका वडा सदस्य, सबल नेपालका कर्मचारी, इलाका प्रहरी कार्यालय कल्याणपुरका प्रतिनिधि, विभिन्न विद्यालयका प्रअ शिक्षक विद्यार्थी , मधेस प्रदेश बाल क्लक सन्जाल अध्यक्ष ,जिल्ला बाल क्लब संजाल अध्यक्ष , नगर बाल क्लब संजाल , वडा बाल क्लब संजाल एवं सर्वसाधारणको उपस्थिति रहेको थियो ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |