राजबिराज । सप्तरी युथ नेपालले रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको काम अविलम्ब सुचारूको माग गर्दै दिउसै लाइट बाल्दै प्रदर्शन गरेका छन् ।
बुधवार दिउसै लाइट बालेर स्वास्थ्य मन्त्रालयमा रोकिए को फाइल लाई अगाडि बढाउन जोरदार माग गरेको छ ।
दिउसै बति बालेर सांसद र बजेटलाई खौज्दै छौँ भनेर ब्यानर देखाएर विरोध जनाएको छ । सप्तरी युथ नेपालको नभएर पुरै सप्तरीवासीको भएकोले सबैलाई आ आफ्नो ठाउँबाट यसमा सहयोग गर्न को निम्ति सबै सँग आग्रह गरेको छ ।
राज रङ्गशालाबाट निकालिएको रेली नेता चौकमा गएर कोणसभा मा परिणत भएको थियो । कोण सभामा आन्दोलन समितिका संयोजक सत्येन्द्र यादबले स्वास्थ्य प्रतिष्ठान निर्माणका लागि सप्तरीका सबै सांसदहरू एकजुट हुनुपर्नेमा जोड दिएका छन ।
कोण सभामा सप्तरी युथ नेपालका सदस्य मुस्तकिन, आलम बसन्त यादव, सुरज यादव पशुपति कर्ण, अनिल यादव, रिले अनशनका संयोजक राम कुमार दास र नेविसंघ का केन्द्रीय सदस्य तीर्थ नारायण दासले प्रतिष्ठान निर्माण गर्न सरकार गम्भीर बन्नुपर्नेमा जोड दिए ।
भोलिको कार्यक्रम जिल्ला प्रशासन कार्यालयको अगाडि १ घन्टा धर्ना दिने कार्यक्रम रहेको सप्तरी युथका उपाध्यक्ष मोहन यादबले जानकारी दिएका छन् ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |