राजबिराज । सप्तरी युथ नेपालद्वारा सप्तरी सांस्कृतिक, पर्यटन, कृषि व्यापारिक महोत्सव २०८० को आयव्यय सार्वजनिक गरेको छ ।
राजविराजमा मंगलबार आयोजित पत्रकार सम्मेलन मार्फत महोत्सवको आयव्यय सार्वजनिक गरेको हो ।
महोत्सवमा भएको खर्च विवरण प्रस्तुत गर्दै संयोजक सत्येन्द्र यादवले महोत्सवमा कुल ३५ लाख ५२ हजार ५० रुपैया आमदानी भएको तथा १ लाख ६५ हजार रुपैयाँ मुनाफा आएको बताए ।
मेलामा छिटफुट घटना भएपनि पुर्णरुपले सफल भएको बताउदै उनले महोत्सव सफलताका लागि सहयोग पुर्याउने सप्तरीबासी, सुरक्षा निकाय, पत्रकार, राजनीतिक पार्टी, जनप्रतिनिधि, विभिन्न पेशा व्यवसायीहरु तथा युवाहरूलाई धन्यवाद व्यक्त गरे ।
सप्तरी युथ नेपालका कार्यबाहक अध्यक्ष मोहन कुमार यादवको अध्यक्षतामा आयोजित पत्रकार सम्मेलनमा सप्तरी युथ आबद्ध युवाहरुको उपस्थिति रहेको थियो ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |