राजबिराज । पिएम कप महिला राष्ट्रिय क्रिकेट छनाेट प्रतियाेगिता अन्तर्गत सप्तरी जिल्ला छनाेट प्रतियाेगिता तथा त्रिकाेणात्मक सिरिजमा खडक बिजय भएका छन ।
खडकले सुरूगांलाई २० रनले पराजित गर्दै जित हात पारेकाे हाे ।मंगलवार टस जितेर खडकले ब्याटिंग गर्दै निर्धारित २० ओभरमा २ बिकेटकाे क्षतिमा १ सय १३ रनकाे याेगफल खडा गरेका थिए ।
जसमा अन्जली चाैधरीले ६ चाैकाकाे मदतले सर्वाधिक ३९ बनाउदै अविजित खेलेका थिईन, यसैगरी रमिता कुमारी मण्डलले १८ रन अविजित र चाँदनी ठाकुर १७ रन जाेडेका थिए ।
यता बलिंग तर्फ सुरूगां सरभाईवलका रमिता चाैधरी र संगिता चाैधरीले १/१ बिकेट लिएका थिए ।
जवाफमा सुरूगां सरभाईवलले २० अाेभरमा ४ बिकेट गुमाएर ९३ रन मात्र बनाउन सके, जसमा निरूता चाैधरीले २९ रन र नविता चाैधरी १३ रन बाहेक कुनै पनि खेलाडी दाेहाेराे अंक पार गर्न सकेन । बलिंग तर्फ खडक कुईनसका मंजु राम, चाँदनी ठाकुर र आरती रामले समान्य १/ १ बिकेट हात पारेका थिए ।
खेलमा उत्कृष्ट प्रदर्शन गरेका खडक कुईनसका अन्जली चाैधरी प्लेयर अफ दि म्याच घाेषित भएकाे सप्तरी क्रिकेट सँघले जनाएकाे छ । भाेलीकाे खेल सुरूगां र राजबिराज बिच हुने आयाेजकले जनाएकाे छ ।
हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |